Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न पार्न खोज्नु हुँदैन: पूर्वप्रधानमन्त्री कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न पार्न खोज्नु हुँदैन: पूर्वप्रधानमन्त्री कार्की


  • 939
    Shares

    शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न पार्न खोज्नु हुँदैन: पूर्वप्रधानमन्त्री कार्की
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन् । 

    पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत गरीन् । सरकारमा आएका नवयुवाहरुले अघिल्लो कुराहरु मनन गरेर, हिष्ट्रीलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाई थियो । 

    उनले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताइन्भयो । त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरुले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताइन् ।

    उनले भनिन्,  अर्को कुरा आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन । म एउटै कुराको के ईक्ज्याम्पल दिन्छु भने इन्टिरियम गोभरमेन्ट कसरी आफनो मिशनमा सफल भयो त रु यो कुरालाई पनि हेरौन । हुन त हाम्रो त ननपोलिटिकल पार्टी हो । हाम्रो राजनीतिक दलको सरकार होइन । त्यसो भनेर पोलिटिकल पार्टीहरु असफल हुन्छन भन्ने मेरो एकरत्ति पनि भनाई होइन । पोलिटिकल पार्टी हुने भएको दुईटा, तीनवटा पक्ष भयो भने एक अर्काबीचमा आसपमा एउटा आलोचनाप्रति आयोचना एकले अर्कोलाई बाटो देखाउने काम हुँदै गर्दा त्यसमा एउटा कम्पिटिशनको फिल हुन्छ । त्यसले गर्दा मुलुकलाई हाँक्न सक्छ ।’

     

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १२:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij