Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेविसङ्घद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन, बालेन शाहको राजीनामा माग

नेविसङ्घद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन, बालेन शाहको राजीनामा माग


  • 806
    Shares

    नेविसङ्घद्वारा त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन, बालेन शाहको राजीनामा माग
    images

    काठमाडौं । सङ्घीय संसद्मा सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ ९नेविसंघ० ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । 

    त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

    देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

    त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शनमा विद्यार्थीहरूले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।  

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ११:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij