Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, अन्य सहरको मौसम कस्तो ?

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, अन्य सहरको मौसम कस्तो ?


  • 1.6K
    Shares

    • images
    नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, अन्य सहरको मौसम कस्तो ?
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज तराईका केही सहरहरूमा अत्यधिक गर्मी भई ‘तातो हावाको लहर’ चल्ने देखिएको छ भने पहाडी भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

    विभागको तथ्याङ्क अनुसार आज दिउँसो नेपालगञ्ज, सिमरा र जनकपुरमा तातो हावाको लहर चल्नेछ। देशकै सबैभन्दा बढी गर्मी आज नेपालगञ्जमा हुने अनुमान गरिएको छ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ। 

    काठमाडौँ उपत्यकामा आज दिउँसो र राति दुवै समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। दिउँसो काठमाडौँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने र २० प्रतिशत वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।

    यसैगरी पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा दिउँसो मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। डडेल्धुरा, दिपायल, जुम्ला र जोमसोममा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। धरानमा भने दिउँसो आंशिक बादल मात्र लाग्नेछ।

    त्यसैगरी, सिमरा र जनकपुरको अधिकतम तापक्रम पनि ३७ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहनेछ। यसका साथै धनगढी, वीरेन्द्रनगर, घोराही, भैरहवा र विराटनगरमा पनि आजको दिनलाई ‘तातो दिन’ को रूपमा वर्गीकरण गर्दै विभागले सतर्क गराएको छ। जसमध्ये धनगढी र भैरहवाको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

    राति काठमाडौँसहित डडेल्धुरा, दिपायल, धनगढी, जुम्ला, ओखलढुङ्गा र जोमसोममा हल्का वर्षा हुनेछ भने पोखरा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङमा मध्यम वर्षा हुनेछ। 

    तराईका वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा भने राति मौसम आंशिक बदली मात्र हुनेछ। रातिको समयमा देशकै सबैभन्दा कम तापक्रम जोमसोममा ९ देखि ११ डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको छ।

    714597847_1616155409457874_1511519457037449268_n_d5KkxJRB2b.jpg

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - ११:१८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij