Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जनाको मृत्यु , २ नेपाली घाइते

दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जनाको मृत्यु , २ नेपाली घाइते


  • 1.3K
    Shares

    दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जनाको  मृत्यु , २ नेपाली घाइते
    images

    भारतको दिल्लीस्थित मालवीय नगरको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुने २१ जनामध्ये ११ जना विदेशी नागरिक रहेको पाइएको छ ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा मृत्यु हुने २१ जनामध्ये ११ जना विदेशी नागरिक छन् । तर मृत्यु हुने ११ जना विदेशी नागरिक कुन-कुन देशका थिए भन्ने उल्लेख गरिएको छैन ।

    दिल्ली सरकारका अनुसार मारिनेहरूमा ११ जना विदेशी नागरिक छन् भने १० जना भारतीय छन्।

    आगलागीमा परी घाइते हुनेमा २३ विदेशी नागरिक र १४ भारतीय छन् । घाइते विदेशी नागोरिकमा १६ जनाको अवस्था गम्भीर रहेको छ बताइएको छ । १० जनालाई भेन्टिलेटरमा र छ जनाको बिना भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।

    आगलागीमा परी दुई जना नेपाली नागरिक समेत घाइते भएका छन् । उनीहरू उपचारपछि डिस्चार्ज भइसकेको बताइएको छ । ती दुई जना नेपाली नेपालको कुन ठाउँका व्यक्ति थिए भन्ने उल्लेख गरिएको छैन ।

    आगलागीमा परी घाइते भएका ११ जना घाइते भारतीयमध्ये १० जना दिल्ली प्रहरीको कर्मचारी रहेको उल्लेख छ ।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - २०:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij