Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज कुन विदेशी मुद्राको भाउ सस्तियो, कुन महंगियो ?

आज कुन विदेशी मुद्राको भाउ सस्तियो, कुन महंगियो ?


  • 1.2K
    Shares

    आज कुन विदेशी मुद्राको भाउ सस्तियो, कुन महंगियो ?
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

    यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम भएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा तोकिएको छ ।

    केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक विवरण बैंकको वेबसाइटमा हेर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    122.jpg

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - ०६:२५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij