Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


  • 1.6K
    Shares

    गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    images

    काठमाडौं । चितवनको जगतपुरमा राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो ।

    उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । परिवारका अनुसार उनी सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।

    तर, आज बिहान राप्ती नदी किनारमा खोजी गर्दैजाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

    चोखाल सामान्य खेतीपाती र घाँसदाउरा गरेर जीविका चलाउँदै आएका थिए । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १६:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij