Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस


  • 1.2K
    Shares

    प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
    images

    काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

    उनीसमक्ष महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक शिवकुमार राईले कार्यालयको वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।  प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आर्थिक अनुशासन कायम गराउन प्रतिवेदन कोशेढुङ्गा सावित हुने बताए । 

    उनले सरकारी कार्यालयमा आर्थिक अनियमितता रोक्न, बेरुजु बढ्न नदिन र भ्रष्टाचार न्यूनीकरण गर्न महालेखा परीक्षकको कार्यालय क्रियाशील रहेको जनाउँदै फजुल खर्च रोक्न महालेखालाई सधैँ गम्भीर भएर लाग्न सुझाव दिए । 

    त्यस अवसरमा नायब महालेखा परीक्षक राईले सङ्घीय शासन प्रणाली सुरु भएदेखि आठ वर्षको लेखा परीक्षण भइसकेको जानकारी दिए । उनले ७५३ वटा स्थानीय तहमा ७२१ पालिकाको लेखा परीक्षण भइसकेको जानकारी दिँदै जेन्जी आन्दोलनका क्रममा कागजपत्र तथा अभिलेख नष्ट भएका पालिकाहरूको मात्र लेखा परीक्षण हुन नसकेको बताए ।   

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १६:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij