२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद सङ्कटमा परेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले उनलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि पद सङ्कटमा परेको हो।
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा रहेका १८ सांसदमध्ये ९ जना सांसदले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेको हो।
मुख्यमन्त्री शाहलाई पदमुक्त गर्न हस्ताक्षर गर्न मानबहादुर रावलको अध्यक्षतामा संसदीय दलको बैठक बसेकोमा हस्ताक्षर गर्ने सांसदहरू दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी , तुलसी देवकोटा, डम्मरी महरा रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij