Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

वीरगंज महानगरपालिकाका मेयर पक्राउ

वीरगंज महानगरपालिकाका मेयर पक्राउ


  • 1.1K
    Shares

    वीरगंज महानगरपालिकाका मेयर पक्राउ
    images

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ । सिंहलाई जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

    पर्साको ठोरीबाट आज बिहान ६ः१५ बजे सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेको थियो ।
     
    स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - ०७:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij