Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा


  • 6.2K
    Shares

    आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

    काठमाडौं । यसअघि दुईपटक मिति तोकेर सारिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दै छ । पार्टी अध्यक्ष तथ प्रधानमन्‍त्री केपी ओलीले बिहान ११ बजे बैठक बोलाएका छन् । 

    बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने विषय, जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्‍त्री ओलीले तोकिएकै मितिमा चुनाव सम्पन्‍न गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसमा कसैलाई शंका भए सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । 

    राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा समेत एजेन्डाका रुपमा राख्‍न लागिएको हो । जसपाको महन्थ र महतो पक्ष एक दुई दिनभित्रै सरकारमा सहभागी हुने तयारी गरेका छन् । लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि बैठकमा समीक्षा गरिने भएको छ । लुम्बिनी प्रदेशमा सरकारी पक्षका उम्मेदवारले हारेका थिए । 

    त्यसैगरी बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई के कारबाही गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । यसअघि एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । 

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १०:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij