२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा एक लाख धरौटी माग्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग एक लाख धरौटी माग्ने आदेश दिएको हो ।
विद्युतीय सिगरेट भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार अधिकृतहरूसित ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij