Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महिलामाथि हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ

महिलामाथि हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ


  • 1.3K
    Shares

    महिलामाथि हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ
    images

    काठमाडौं । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्।

    गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका-६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ ।

    महिलामाथि दुर्व्यवहार भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई पक्राउ लिएको हो।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

    उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १६:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij