२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाल-भारत सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले आज पनि संसद अवरोध जारी राखेका छन्। आइतबार प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर सुरु भएको विवादका कारण संसद बैठक सहज रूपमा चल्न सकेको छैन।
यसैबिच, संसदभित्र सुरक्षा र सजगता अपनाउँदै सभामुख र सांसद बस्ने कुर्सीबिचको दूरी बढाइएको छ। बैठक कक्षको बीच लहरमा रहेका कुर्सीहरू हटाएर यो ग्याप बनाइएको हो।हिजोको बैठकमा विपक्षीको अवरोधकै बीच सभामुखले प्रतिनिधि सभा नियमावली पारित गराएपछि स्थिति तनावग्रस्त बनेको थियो। आक्रोशित विपक्षी सांसदहरू रोष्ट्रम घेराउ गर्दै सभामुखकै आसनसम्म पुगेर विरोधमा उत्रिएका थिए।
विरोधका क्रममा सांसदहरूले कुर्सी उचाल्ने र मर्यादित क्षेत्र मिच्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज कुर्सीहरूको दूरी बढाइएको संसद् सचिवालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij