Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

घरबाटै हराएकी रमाको बोराभित्र भेटियो शव, हत्या भएको खुलासा

घरबाटै हराएकी रमाको बोराभित्र भेटियो शव, हत्या भएको खुलासा


  • 2.1K
    Shares

    घरबाटै हराएकी रमाको बोराभित्र भेटियो शव, हत्या भएको खुलासा
    images

    विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

    शव दमक नगरपालिका–८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको किनारमा फेला परेको थियो ।

    प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।

    झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताए ।

    प्रहरीका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नै छोरी भएको पहिचान  गरेका थिए ।

    आफन्तले प्रहरीलाई रमा गत जेठ १३ गते राति करिब ९ः३० बजे घरबाटै हराएको बताएका थिए । घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो । घटनाको सम्बन्धमा विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ०९:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij