Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

डडेल्धुरामा सशस्त्र प्रहरीका २ जना बेपत्ता

डडेल्धुरामा सशस्त्र प्रहरीका २ जना बेपत्ता


  • 1.4K
    Shares

    डडेल्धुरामा सशस्त्र प्रहरीका २ जना बेपत्ता
    images

    काठमाडौँ। डडेल्धुराको परशुराम नगरपालिका- ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेकाे जनाएकाे हाे । गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा–भाञ्जा नाता पर्ने भएकाे प्रहरीले बताएका छन् ।

    महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएकाे प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे हाे ।

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ०७:१७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij