Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित


  • 806
    Shares

    प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ । सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको हो ।

    उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रश्ताव पेश गरेका थिए । तीन वटा संशोधन प्रश्ताव राखिएकोमा तीनवटै प्रश्तावहरू फिर्ता लिए ।

    विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जवाफ दिँदै समावेशी प्रतिनिधित्वसम्बन्धी संशोधन प्रश्तावहरू निर्वाचनसम्बन्धी कानुन संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    मन्त्री गौतमले मधेशी दलित, पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दाबी गरिन् ।  

     

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १६:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij