२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन माग गरेकी हुन् ।
सचेतक थापाले भनिन्, ‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्नुभयो,’ प्रमुख ‘नेपालले कहाँ मिचेको छ । त्यो जानकारी पाउनुपर्यो।’
यदि मिचेको स्थान छैन भने प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरिन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij