Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रश्नोत्तर सकिएसँगै बाहिरिए बालेन, सदनमा वादविवाद सुरू

प्रश्नोत्तर सकिएसँगै बाहिरिए बालेन, सदनमा वादविवाद सुरू


  • 1.0K
    Shares

    प्रश्नोत्तर सकिएसँगै बाहिरिए बालेन, सदनमा वादविवाद सुरू
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सदनबाट बाहिरिएका छन्। सांसदहरूसँगको प्रश्नोत्तर सकिएलगत्तै उनी बाहिरिएका हुन्। 

    उनले प्रत्येक दलका एकजना सांसदको जिज्ञासा समाधान गरेका थिए । प्रधानमन्त्री बाहिरिएपछि बैठकमा फेरि वादविवाद भएको छ । एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर बोल्न समय मागेपछि सभामुख झोक्किएका छन् ।

    उनले एमालेका ऐन महर र श्रम संस्कृतिका ध्रुव राईले संसदीय मर्यादा विपरितको क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

    एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् ।   

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १४:२३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij