२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा नियमापत्ति गरेका छन् ।
नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन् । उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् ।
प्रतिनिधिसभामा दुलालले ३ दिन अगाडि प्रश्न दर्ज गर्ने व्यवस्था गरेको र त्यो नभएको भन्दै उनले नियमापत्ति गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रश्न सोध्न सक्ने व्यवस्था रहेको उनले बताए । महरले पनि धारा ५६ अनुसार नियमापत्ति जनाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij