Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गण्डकी प्रदेशमा 'राइड सेयरिङ' को भाडादर तोकियो

गण्डकी प्रदेशमा 'राइड सेयरिङ' को भाडादर तोकियो


  • 1.9K
    Shares

    गण्डकी प्रदेशमा 'राइड सेयरिङ' को भाडादर तोकियो
    images

    काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा र आसपासका क्षेत्रमा सञ्चालन हुने राइड सेयरिङ (पठाओ, इनड्राइभर जस्ता) सेवाहरूको आधिकारिक भाडादर निर्धारण गरेको छ। 

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले राइड सेयरिङ कार्यविधि स्वीकृत गर्दै नयाँ भाडादर तोकेको हो। नयाँ नियम अनुसार दुई पाङ्ग्रे (मोटरसाइकल) र चार पाङ्ग्रे (काररट्याक्सी) का लागि इन्धनको प्रकृतिका आधारमा भाडा तय गरिएको छ । 

     चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ । आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ । यो भाडा १५६.५ रुपैयाँ हुन्छ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।

    दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ । यसका लागि ४६.८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार, तोकिएको भाडा बाहेक अन्य कुनै थप शुल्क लिन पाइने छैन ।

    यसअघि कानुनी दायरा र स्पष्ट भाडादर नहुँदा राइडर र यात्रुबीच मूल्यलाई लिएर विवाद हुने गरेको थियो । अब सरकारले नै भाडा तोकेपछि राइड सेयरिङ व्यवसाय व्यवस्थित हुने र उपभोक्ताहरू ठगिने क्रम रोकिने विश्वास लिइएको छ ।

     

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १३:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij