२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रत्यक्ष असर मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति विवरणमा देखिएको छ।
बजेटमार्फत सुनको भन्सार महसुल दर साविकको १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएसँगै मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरणमा रहेको सुनको बजार मूल्य स्वतः बढेको हो। भन्सार दोब्बर भएसँगै क्याबिनेटका १५ जना मन्त्रीहरूको कुल सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले थपिएको छ।
बालेन्द्र शाहको सम्पत्ति मात्रै ३८ लाख ९५ हजार (करिब ३९ लाख) रुपैयाँले वृद्धि भएको छ। केही समयअघि सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रमुख शाहको परिवारसँग १९० तोला सुन, चाँदी तथा हीराका गहना रहेका छन्। बजेटका कारण बजारमा सुनको भाउ बढेकाले उनको सम्पत्तिको मूल्याङ्कनमा यो ठूलो वृद्धि देखिएको हो।
प्रधानमन्त्रीबाहेक क्याबिनेटका अन्य १४ मन्त्रीहरूको सम्पत्ति पनि उनीहरूले विवरणमा उल्लेख गरेको सुनको परिमाणका आधारमा बढेको छ। विवरण अनुसारस्शिक्षामन्त्री सस्मित पोखरेल को परिवारसँग २५ तोला सुन रहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन रहेको छ।अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको बजेटमा विलासिताका वस्तु र सुनको भन्सार दर बढाउने नीति लिएका थिए।
सरकारको यही नीतिका कारण सर्वसाधारणका लागि सुन महँगो बने पनि मन्त्री र उच्च पदस्थ अधिकारीहरूको रैथाने सम्पत्तिको मूल्य भने एकाएक बढ्न पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij