Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका पूर्वप्रहरी पक्राउ

जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका पूर्वप्रहरी पक्राउ


  • 1.2K
    Shares

    जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका पूर्वप्रहरी पक्राउ
    images

    काठमाडौं । जडीबुटी क्षेत्रबाट गोली हानेर गएराति नियन्त्रणमा लिइएका गणेश कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी र कारागारबाट फरार भएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    काठमाडौंका एसएसपी रमेश थापाका अनुसार काठमाडौं बूढानीलकण्ठ नगरपालिका-३ चपली भद्रकालीका ४० वर्षीय गणेश कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए । 

    प्रहरी अभिलेखअनुसार कार्कीविरुद्ध विगतदेखि नै विभिन्न फौजदारी मुद्दा दर्ता भएका छन् ।

    उनीविरुद्ध २०६४ साल मंसिर ९ गते अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त बौद्धमा र सोही वर्ष पुस ८ गते हातहतियार तथा खरखजाना मुद्दा बालाजु प्रहरी वृत्तमा दर्ता भएको थियो ।

    २०७९ सालमा डाँका चोरीमा ६ वर्ष सजायँ भई उनलाई केन्द्रीय कारागारमा राखिएको थियो । तर २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएका थिए ।

    फरार भएपछि उनले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको आरोप प्रहरीले लगाएको छ ।

    प्रहरीका अनुसार कार्कीले कपन क्षेत्रमा महिला साथीलाई भेट्न जाँदा पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर आक्रमण गरी फरार भएका थिए ।

    कार्कीको खोजी गर्ने क्रममा प्रहरीले गएराति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी ल्यालेस नजिकबाट गोली हानेर नियन्त्रणमा लिएको थियो । उनको वायाँ खुट्टामा गोली लागेको छ । राति नै उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो । 

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १०:५८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij