Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकार सम्मेलन गर्दै

अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकार सम्मेलन गर्दै


  • 1.5K
    Shares

    अर्थमन्त्री वाग्लेले आज बजेटबारे पत्रकार सम्मेलन गर्दै
    images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तरक्रिया गर्दै छन्।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तरक्रिया हुने अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए।

    यसअघि गत शुक्रबार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। 

    आजको अन्तरक्रियामा बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन र करका दायरा लगायतका विषयमा पत्रकारहरूले राखेका जिज्ञासाको अर्थमन्त्रीले जवाफ दिने बताइएको छ।

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - ०९:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij