Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गुण्डागर्दीमा संलग्न सानुभाइद्वारा पोखरा क्लबमा युवामाथि प्रहार

गुण्डागर्दीमा संलग्न सानुभाइद्वारा पोखरा क्लबमा युवामाथि प्रहार


  • 1.7K
    Shares

    गुण्डागर्दीमा संलग्न सानुभाइद्वारा पोखरा क्लबमा युवामाथि प्रहार
    images

    काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् । पोखराको लेकसाइडमा रहेको क्लबमा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । 

    सामान्य विवादमै सानुभाइ समूहले अर्को समूहमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । पीडित युवाले पोखरा प्रहरीमा उजुरी समेत दिएका छन् ।

    आक्रमणपछि त्यहाँबाट निस्केको सानुभाइको समूह अहिलेसम्म फरार छ । काठमाडौंबाट पोखरा घुम्न पुगेको उनको समूहले आक्रमण गरी फरार भएपछि खोजी भइरहेको प्रहरीले बताएको छ । घटना आइतबार रातिको हो । 

    सानुभाइलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ ।

    सानुभाइ पटक पटक पक्राउ पर्दै आएका गुण्डा नाइके हुन् । उनलाई पछिल्लो पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत २२ चैतमा सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij