Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा

कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा


  • 715
    Shares

    कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
    images

    काठमाडौं । कम्बोडिया सरकारले नेपाली नागरिकहरूको भिसा अवधि नाघेपछि लाग्ने जरिबाना मिनाहा गरेको छ। थाइल्यान्डस्थित नेपाली राजदूतावासको अनुरोधमा कम्बोडिया सरकारले विभिन्न चरणमा हालसम्म आठौँपटक गरी ६०२ जनाको जरिबाना शुल्क मिनाहा गरेको हो।

    विभिन्न माध्यमबाट कम्बोडिया पुगेर भिसाको समयावधि सकिए पनि त्यहाँ बसिरहेका नेपाालीहरू नेपाल फर्कँदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिबाना शुल्क मिनाहाका लागि दूतावासले यही मे १ देखि विवरण संकलन गरेको थियो। दूतावासका अनुसार राहदानी हराएका नेपाली नागरिकहरुका लागि पनि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाइसकिएको छ।

    कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार तोकिएको अवधिभित्र आफ्नो मुलुक नफर्किने विदेशी नागरिकहरूलाई पक्राउ गरी कडा कारबाही गर्ने र जरिबाना तथा कैद सजायसमेत हुने व्यवस्था गरेको छ।

    भिसा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका नेपालीहरूलाई एक हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्किन दूतावासले अनुरोध गरेको छ।

     

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij