Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

लुम्बिनी प्रदेश : २९७ मत खस्यो, उपनिर्वाचनको मतपरिणाम भर्चुअलबाट आजै सार्वजनिक हुने

लुम्बिनी प्रदेश : २९७ मत खस्यो, उपनिर्वाचनको मतपरिणाम भर्चुअलबाट आजै सार्वजनिक हुने


  • 6.1K
    Shares

    लुम्बिनी प्रदेश : २९७ मत खस्यो, उपनिर्वाचनको मतपरिणाम भर्चुअलबाट आजै  सार्वजनिक हुने

    दाङ । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा २९७ मत खसेको छ । केहीबेरमा मतगणना गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने छ ।

    कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

    समाचार तयार पार्दासम्मको पछिल्लो जानकारी अनुसार २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए ।

    नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दीर्घनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

    उपनिर्वाचनको मतगणना सोमबार साढे ३ बजेपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।

    प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि मतदान शुरु भएको हो ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १४:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij