२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन्।
सरकारको चालु आर्थिक सर्वेक्षण अनुसार आव २०८१\८२ मा ७३६ स्थानीय तहका सात लाख ९७ हजार ७२५ बेरोजगार व्यक्ति सूचीकृत भएका उल्लेख छ। तीमध्ये ५५ हजार १५१ जनाले औसत ७१ दशमलव ७८ दिनको रोजगारी प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०८१\८२ मा औसत रोजगारी दिनमा बागमती प्रदेशभित्रका स्थानीय तहले सबैभन्दा बढी ८० दिन र मधेस प्रदेशका स्थानीय तहले सबैभन्दा कम ४९ दशमलव १४ दिन रोजगारी प्रदान गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij