Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर

आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर


  • 1.6K
    Shares

    आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

    यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा छ। हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५४ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ  ३२ पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा थियो। त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा थियो। 

    आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।  

    आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर

    Screenshot_2026-05-29_050243_lophFBf7QD.png

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - ०५:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij