Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

बागमती प्रदेशमा २४८ विद्यालय नर्सका लागि आवेदन खुल्यो

बागमती प्रदेशमा २४८ विद्यालय नर्सका लागि आवेदन खुल्यो


  • 792
    Shares

    • images
    बागमती प्रदेशमा २४८ विद्यालय नर्सका लागि आवेदन खुल्यो
    images

    काठमाडौं । बागमती प्रदेशले २४८ जना विद्यालय नर्सका लागि आवेदन माग गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ लागु भएका माध्यमिक विद्यालयमा काम गर्ने गरी २४८ जना विद्यालय नर्स माग गरेको हो । 

    करार सेवाका लागि इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । विद्यालय नर्स छनोट लिखित तथा अन्तर्वार्ताबाट हुनेछ । आवेदकहरूले बागमती प्रदेशअन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । 

    विद्यालय नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    प्रदेश सरकारले सञ्चालन गरिरहेको प्रभावकारी 'एक विद्यालय, एक नर्स कार्यक्रम' लागू भएका तर नर्सहरू रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा पदपूर्ति गर्न यो सूचना प्रकाशित गरिएको निर्देशनालयले जनाएको छ

    bagmati-nurse.png

     

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १७:०९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij