Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट भाषण नयाँ हलबाट नहुने, यस्तो छ कारण

बजेट भाषण नयाँ हलबाट नहुने, यस्तो छ कारण


  • 1.0K
    Shares

    बजेट भाषण नयाँ हलबाट नहुने, यस्तो छ कारण
    images

    काठमाडौं । भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । 

    प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन्। 

    अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ। सिंहदरबारस्थित पुतली बगैँचामा बनिरहेको संसद् भवन निर्धारण गरिएको समयमा बन्न नसक्दा प्रतिनिधिसभा बैठक कामचलाउ हलबाट चलिरहेको छ।

    यसअघि सरकार र संसद् सचिवालयले जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण प्रतिनिधि सभाको नयाँ हलबाटै गर्ने गरी तीव्र गतिमा तयारी अगाडि बढाएका थिए। 

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १३:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij