Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राजपुर बम काण्ड आरोपमा अफताव आलमका भाइ महताव पक्राउ

राजपुर बम काण्ड आरोपमा अफताव आलमका भाइ महताव पक्राउ


  • 6.9K
    Shares

    • images
    राजपुर बम काण्ड आरोपमा अफताव आलमका भाइ महताव पक्राउ
    images

    रौतहट । गत वर्ष २०६४ को संविधान सभाको चुनावको अघिल्लो दिन भएको राजपुर बम काण्डका आरोपित नेपाली काँग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताब आलम पनि पक्राउ परेका छन् ।

    संसद आलम पक्राउ परे पछि महताफ फरार थिए । पक्राउ परेको बिषय रौतहट प्रहरीले सार्वजनिक गरेको छैन । भारतीय प्रहरीसँगको समन्वयमा भारतको बिहार स्थित मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहट ल्याइँदै छ ।

    २०६४ चैत्र २७ मा  आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसिअक्तर मियाँलाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

    मुख्य आरोपी भनिएका संसद अफताब आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए । संसद आलम हाल कारागारमा छन् । ११ जना आरोपीमध्ये पाँच जना पक्राउ परेका छन् ।


    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:४५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij