२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij