Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर: अनलिमिटेड लाइट र अनलिमिटेड प्राे, के-के छन् फाइदा?

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर: अनलिमिटेड लाइट र अनलिमिटेड प्राे, के-के छन् फाइदा?


  • 1.0K
    Shares

    नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर:  अनलिमिटेड लाइट र अनलिमिटेड प्राे, के-के छन् फाइदा?
    images

    काठमाडाैं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ ।

    अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्राे गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । अनलिमिटेड लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    त्यसैगरी अनलिमिटेड प्राे अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । जेठ १४ देखि जेठ १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

    गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *1415*11# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - ०८:४२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij