Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण


  • 2.1K
    Shares

    कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण
    images

    काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत श्री पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।

    बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन-अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरु उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

    विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीहरूलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा प्रधानाध्यापक भट्टराईले गरे । यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले व्यक्त गरे ।  

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १६:४६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij