Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे, आधा हिस्सा ज्येष्ठ नागरिकको

सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे, आधा हिस्सा ज्येष्ठ नागरिकको


  • 2.5K
    Shares

    सामाजिक सुरक्षा भत्ता लिने ३६ लाख नाघे, आधा हिस्सा ज्येष्ठ नागरिकको
    images

    काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। 

    सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२\८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल ३६ लाख ४१ हजार ८ सय ४४ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।

    कुल लाभग्राहीमध्ये ज्येष्ठ नागरिकको संख्या सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक मात्रै १६ लाख ८० हजार ६६ जना (कुल लाभग्राहीको ४६.१४ प्रतिशत) रहेका छन् । 

    यस्तै, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ५२ हजार ७ सय ९ र तोकिएको क्षेत्रका ज्येष्ठ नागरिकको संख्या १६ हजार ४ सय ७२ रहेको छ ।

    साथै २ लाख २ हजार ७९ जना ज्येष्ठ एकल महिला र ३ लाख ६१ हजार ५ सय १९ जना विधवा महिलाले भत्ता प्राप्त गरेका छन् । पूर्ण अपाङ्गता ९क वर्ग० भएका ६९ हजार ८ सय ३१ र अति अशक्त अपाङ्गता (ख वर्ग) भएका १ लाख ५० हजार ५ सय ४६ जना लाभग्राही रहेका छन् ।

    दलित बालबालिका ३ लाख २ हजार ३ सय ५५ र तोकिएको क्षेत्रका ६ लाख ८४ हजार ४ सय ४९ जना बालबालिकाले भत्ता पाएका छन् । लोपोन्मुख आदिवासी÷जनजाति वर्गका २१ हजार ८ सय १८ जना नागरिक सामाजिक सुरक्षाको दायरामा रहेका छन् । सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सबै स्थानीय तहमा बैंकिङ प्रणाली लागू गरेको छ । हाल सबै लाभग्राहीको भत्ता बैंक खातामार्फत नै भुक्तानी हुने गरेको सर्वेक्षणले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १५:५७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij