Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु


  • 6.1K
    Shares

    बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

    बाँके । पछिल्लो १२ घण्टामा बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    संक्रमित बिरामीहरुको उपचार भइरहेको भेरी अस्पतालमा ३ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरी थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

    जिल्लाका कोरोना फोकलपर्सन तेज वलीका अनुसार मृत्यु हुनेहरुमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लमजुङका ३१ वर्षीय पुरुष रहेका छन ।

    त्यस्तै, उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ ।

    यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको ज्यान गएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १३:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij