Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु , छ जना घाइते

ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु , छ जना घाइते


  • 2.0K
    Shares

    ट्रक दुर्घटनामा कम्तीमा  १५ जनाको मृत्यु , छ जना घाइते
    images

    काठमाडौँ । बंगलादेशको टांगेल क्षेत्रमा भएको ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

    राजधानी ढाकाबाट करिब ९७ किलोमिटर टाढा रहेको क्षेत्रमा रड बोकेको ट्रक अनियन्त्रित भएर पुल नजिकैको खाल्डोमा पल्टिँदा दुर्घटना भएको हो ।

    मृतकहरू आगामी मे २८ मा मनाइने मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल–अधा मनाउन उत्तरी जिल्लातर्फ जाँदै गरेका यात्रु रहेको जनाइएको छ ।

    रडसँगै यात्रु बोकेको उक्त ट्रकका चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

    दुर्घटनामा घाइते भएका छ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - ०७:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij