Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिने


  • 680
    Shares

    मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
    images

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको योजना सार्वजनिक गरेको छ । 

    कार्यकारी समितिको ३४ औँ बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक गरेको हो । वैशाख ३१ मा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेतृत्वको कार्यकारी समितिले प्रतिकार्य कार्ययोजना स्वीकृत गरेको थियो ।

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८३  अनुसार यस वर्षको मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकार्यको लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्यजिम्मेवारी निर्धारण गरिएको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपटक विपद् प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । सेना, प्रहरी र सशस्त्रका २६ हजार सुरक्षाकर्मीलाई मनसुनजन्य विपद्मा तैनाथ गर्नेगरी कार्ययोजना स्वीकृत भएको प्राधिकरणका उप सचिव रामबहादुर केसीले बताएका छन् । 

    क्षति न्यूनीकरण गर्न प्राधिकरणले विगतका घटना र यसपटक कहाँ मनसुनको प्रभाव रहन्छ भन्नेबारे आकलन गरेको छ । यस वर्ष मनसुनजन्य विपद्बाट ५१ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको छ । 

    विपद् व्यवस्थापन कोषमा ७ अर्ब ५६ करोड रकम मौज्दात रहेको छ । जिल्ला, प्रदेश र केन्द्रको कोषमा रहेको सो रकम प्राधिकरणको समन्वयमा विपद् प्रतिकार्य, उद्धार तथा राहतमा खर्च गरिने छ । 

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १३:०६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij