Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद

न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद


  • 862
    Shares

    न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद
    images

    काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद गरेको छ । सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् । 

    आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद गरेर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ । 

    अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आकलन गरिएको छ ।

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १०:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij