Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

फेरि सर्यो एमाले स्थायी कमिटी बैठक, अब भोलि बस्ने

फेरि सर्यो एमाले स्थायी कमिटी बैठक, अब भोलि बस्ने


  • 6.0K
    Shares

    फेरि सर्यो एमाले स्थायी कमिटी बैठक, अब भोलि बस्ने
    images

    काठमाडौं । आज विहान १० बजे बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । नेताहरुको कार्य व्यस्ततालाई लिएर भोलि विहान ११ बजे बस्ने गरी बैठक सारिएको हो । यसअघि हिजो बैठक बस्ने भनिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको आजको बैठकले यसअघि स्पष्टीकरण सोधिएका पार्टीका १२ नेता र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आवश्यक निर्णय लिने बताइएको थियो । यसअघि गत १० जेठको स्थायी समिति बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । त्यसै दिनको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

    यस्तै एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीमाथि पनि कारबाही गर्ने बैठकको तयारी थियो । १० जेठकै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल– र माधवकुमार नेपालनिकट सांसद बाहुल्य रहेको संसदीय दलको १२ जेठको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

    बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८र०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - ११:१९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij