Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एटीएम मेसिन फोडिरहेको अवस्थामा कोटेश्वरबाट एक युवक पक्राउ

एटीएम मेसिन फोडिरहेको अवस्थामा कोटेश्वरबाट एक युवक पक्राउ


  • 7.0K
    Shares

    • images
    एटीएम मेसिन फोडिरहेको अवस्थामा कोटेश्वरबाट एक युवक पक्राउ
    images

    काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । इन्सपेक्टर लामाले भने, ‘बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।’

    इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - ११:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij