Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार

नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार


  • 1.2K
    Shares

    नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिका-३२ स्थित नरेफाँटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ । आक्रमणमा परेर सिराहको कर्जन्हा नगरपालिका-१० घर भएर नरेफाँट बस्ने १८ वर्षीय करणकुमार साह घाइते भएका छन् ।

    साहले आक्रमणकारीलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । धारिलो हतियार प्रहारबाट पीडितको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ । 

    शुक्रबार दिउँसो मामा र भाञ्जाको बिचमा झगडा हुँदा मामाले भाञ्जालाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।

    आक्रमणमा संलग्न धनुषा घर भएर ललितपुरको टिकाथली बस्ने १८ वर्षीय अभिषेक यादव फरार छन् । अभिषेक पीडितका सहोदर मामा भएको भएको एसपी भट्टराईले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १५:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij