Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नक्कली रसिद धन्दा चलाउने लेखनदास प्रहरी फन्दामा

नक्कली रसिद धन्दा चलाउने लेखनदास प्रहरी फन्दामा


  • 1.2K
    Shares

    नक्कली रसिद धन्दा चलाउने लेखनदास प्रहरी फन्दामा
    images

    काठमाडौं । पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् । प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । 

    यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो । भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवमाथि ६ जेठमा भूमि प्रशासन कार्यालय वीरगञ्जमा नक्कली रसिद बनाएर राजस्व छली गरेको भन्दै लिखित उजुरी परेको थियो । उक्त उजुरीमा नक्कली रसिद प्रयोग गरेर सरकारी राजस्व हिनामिना गरिएको उल्लेख थियो । 

    कार्यालयले आन्तरिकरूपमा छानबिन गर्दा नक्कली रसिदमार्फत करिब चार लाख ७२ हजार रुपैयाँ बराबरको राजस्वछली गरिएको तथ्य फेला परेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा लिखित उजुरी दिएको खत्रीले बताए ।

    प्रहरीका अनुसार भूमि प्रशासनको उजुरीपछि यादवलाई आवश्यक छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ । यादवमाथि किर्ते रसिद तयार गरी सरकारी राजस्व हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

    नक्कली रसिद कसरी तयार गरियो, राजस्व रकम कहाँ प्रयोग भयो र यसमा अन्य व्यक्तिको भूमिका रहेको छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ ।

    लेखनदास यादवलाई शुक्रबार पर्सा जिल्ला अदालतमा हाजिर गरेर पाँच दिनको थुनुवा आदेश लिएर छानबिन प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।

     

     

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १३:०४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij