Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लाम्पाटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा: इन्स्पेक्टरको नेतृत्वमा फौज परिचालन

लाम्पाटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा: इन्स्पेक्टरको नेतृत्वमा फौज परिचालन


  • 778
    Shares

    लाम्पाटा क्षेत्रमा सुरक्षा व्यवस्था कडा: इन्स्पेक्टरको नेतृत्वमा फौज परिचालन
    images

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताइन् । 

    हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिच वैशाख ३ मा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका-५ लाम्पाटा घर भएका ५ जना घाइते भएका थिए ।

    हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सीमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए ।

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ११:४७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij