Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सरकारी कर्मचारीको तलब बढाउन सिफारिस, कार्यालय सहयोगीको तलब ३५ हजार

सरकारी कर्मचारीको तलब बढाउन सिफारिस, कार्यालय सहयोगीको तलब ३५ हजार


  • 1.5K
    Shares

    सरकारी कर्मचारीको तलब बढाउन सिफारिस, कार्यालय सहयोगीको तलब ३५ हजार
    images

    काठमाडौँ । सरकारी कर्मचारीहरुको तलब बढाउन सिफारिस गरिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको ‘तलब भत्ता पुनरावलोकन समिति’ले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब बढाउन सरकारलाई सिफारिस गरेको हो । 

    समितिले हाल मुलुकमा देखा परेको महँगी र मौजुदा ऐनमा गरिएको व्यवस्थालाई टेकेर सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न पनि सरकारलाई सुझाव दिएको छ । 

    समितिले तल्लो तह (कार्यालय सहयोगी) का कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । त्यस्तै, समितिले सबैभन्दा माथिल्लो तह (मुख्यसचिव) का कर्मचारीको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ । 

    अर्थात, हाल २७ हजार ६ सय १२ रुपैयाँ तलब रहेको कार्यालय सहयोगीको तलब ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्याउन सिफारिस गरिएको छ । 

    यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसयता कर्मचारीको तलब बढेको छैन । गत वर्ष कर्मचारीको तलब वृद्धि गरिने भनिए पनि राजस्वले नधान्ने भन्दै सरकार तलब वृद्धि गर्ने तयारीबाट पछि हटेको थियो । तर, यसपटक भने कर्मचारी तलब वृद्धि हुने सम्भावना रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ०९:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij