२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हलमा कोही पनि जम्मा नहुन सर्वसाधारणलाई अपिल गरेको छ । कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमा आह्वान भएपछि प्रहरीको यो अपिल आएको हो ।
कक्रोच जनता पार्टी, कर्नाटकका नामबाट टाउन हलमा आइतबार ‘शान्तिपूर्ण मानव साङ्लो’ बनाउने भन्दै आह्वान भएको छ ।
नगर प्रहरीले टाउन हलमा यस्तो कुनै कार्यक्रम गर्ने भन्दै आधिकारिक आवेदन नआएको दाबी गरेको छ । यस्तै ग्रेटर बेंगलुरु अथ्युरिटीसँग पनि कार्यक्रम आयोजना गर्न कसैले अनुमति नमागेको प्रहरीले भनेको छ ।
प्रहरीले कर्नाटक उच्च अदालतको आदेशको हवाला पनि दिएको छ । जसमा भनिएको छ, ‘सहरमा कुनै पनि किसिमको प्रदर्शन या कार्यक्रमको अनुमति छैन । किनकी सबै तवरको विरोध सभाका लागि फ्रीडम पार्कको ठाउँ तय गरिएको छ ।’ प्रहरीले टाउन हलअघि जम्मा भएर प्रदर्शन गर्नु अदालतको निर्देशनको उल्लंघन मानिने भन्दै चेतावनी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij