Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेल सजाय भोगिरहेकी उद्योगपतिका बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री

जेल सजाय भोगिरहेकी उद्योगपतिका बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री


  • 1.1K
    Shares

    जेल सजाय भोगिरहेकी उद्योगपतिका बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढीमा बिक्री
    images

    काठमाडौं । जेल सजाय भोगिरहेकी भियतनामी उद्योगपतिको दुई वटा बर्किन ब्याग ५ लाख ५० हजार डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ । 

    सरकारले ट्रुअङ माई ल्यानबाट जफ्त गरेका गोहीको छालाबाट बनेका दुई ब्यागलाई लिलामीमा राखेको थियो । लिलाम बढाबढ सुरु भएको ३० मिनेटमै दुवै ब्यागले नयाँ मालिक फेला पारेका छन् ।

    लिलामीमा सेतो एर्मेस बर्किन ब्याग ४ लाख ४० हजार १४४ डलरमा विक्री भएको थियो भने अर्को ब्याग ९४ हजार ८५८ डलरमा बिक्री भयो । एर्मेसका ब्यागहरू निकै महँगा छन् । 

    देशको प्रमुख बैंकमा ठुलो वित्तीय घोटालामा दोषी ठहर भएसँगै ल्यानले यतिबेला आजीवन कारावास सजाय भोगिरहेकी छिन् । अदालतले उनलाई २७ अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति फिर्ता गर्न पनि आदेश दिएको छ ।

    सन् २०२४ अप्रिलमा अदालतले साइगन कमर्सियल बैंकलाई गोप्य रूपमा नियन्त्रणमा राख्दै लानले १० वर्षभन्दा बढी समयसम्म नक्कली कम्पनीहरूको सञ्जालमार्फत ४४ अर्ब डलर बराबरको ऋण र नगद निकालेको ठहर गरेको थियो । 

    अदालतमा सुनुवाइका क्रममा लानले एर्मेसका ती दुई ब्यागमध्ये एउटा आफूले इटालीबाट किनेको र अर्को मलेसियाली व्यवसायीबाट उपहार पाएको बताएकी थिइन् । उनले ती ब्याग आफ्ना छोराछोरी र नातिनातिनाका लागि “सम्झनाको चिनो” का रूपमा राख्न चाहेको पनि अदालतलाई बताएकी थिइन् ।  

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १७:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij