२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले गरिव निमुखा जनतालाई पीडा दिने काम नगर्न सरकारलाई सचेत गराएकी छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुकुम्बासी बस्तीमा सरकारले अतिपीडा दिएको उल्लेख गर्दै उनीहरुको बाँच्न पाउने अधिकार हनन नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् । सरकारले गरिव र निमुखा नागरिकलाई बाँच्न पाउने अधिकार समेत हनन गरेको सांसद राईको आरोप थियो ।
उनले सुकुम्बासी बस्तीबाट विस्ताथित भएकाहरुको ज्यान जाने अवस्था बढदै गएकाले सरकारले उनीहरुका लागि गाँस, बासको व्यवस्था तत्काल मिलाउनुपर्ने बताएकी छन् ।
सांसद राईले भनिन्,‘ सरकार गरिव निमुखलाई पनि बाच्न देउ । तपाईसँग धेरै जनताले ठूलो अपेक्षा राखेको छ । यो दूर्दशा हेर्नका लागि होइन तपाईको सरकार । यो कुरा सरकारले हेक्का राखोस । म हुम्ला र बाजुरमा सीमा विवादको विषयलाई लिएर त्यहाँ झडप भएको छ । हातपात भएको छ । यो गम्भिर विषय हो । यस्ता विषय बढदै गयोभने त्यहाँ अरु नराम्रो घटना हुने अवस्था हामीले सुनेका छौ । यो विषयमा के भएको हो रु सत्यतथ्य पत्ता लगाएर सो समस्या बेलैमा समाधान गरोस भन्ने आग्रह पनि म सरकारसँग गर्न चाहन्छु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij