Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हत्या गरेर फरार रहेका आरोपी ७ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका आरोपी ७ वर्षपछि पक्राउ


  • 932
    Shares

    हत्या गरेर फरार रहेका आरोपी ७ वर्षपछि पक्राउ
    images

    काठमाडौं । सात वर्षदेखि फरार रहेका एक जना प्रतिवादी युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका-१ बाट पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय पन्चदेव महरा रहेका छन्।

    २०७६ चैत २३ गते खैरहनी नगरपालिका-९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका-३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए। 

    उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। मृतकका आफन्तले महराले नै कर्तव्य गरेर सखिचनको हत्या गरेको आरोप लगाएका छन्।  

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:०३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij