Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नोभाको कडाइ: उत्पादन प्रक्रिया र कोल्ड चेन अनुगमनमा विशेष ध्यान

नोभाको कडाइ: उत्पादन प्रक्रिया र कोल्ड चेन अनुगमनमा विशेष ध्यान


  • 960
    Shares

    नोभाको कडाइ: उत्पादन प्रक्रिया र कोल्ड चेन अनुगमनमा विशेष ध्यान
    images

    काठमाडौं । पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा कैफियत देखिएपछि आन्तरिक गुणस्तर नियन्त्रण प्रणालीलाई थप मजबुत बनाएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादित चकलेट आइसक्रिमको ब्याच नम्बर सीओ-२मा गुणस्तरसम्बन्धी समस्या देखिएपछि सो ब्याचका उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको कम्पनीले शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको छ ।  

    यस घटनालाई गम्भीरतापूर्वक लिँदै फिस्टेल डेरीले अहिले आफ्नो सम्पूर्ण उत्पादन प्रक्रियाको विस्तृत पुनरावलोकन गर्नुका साथै ढुवानी र भण्डारणमा महत्वपूर्ण मानिने ‘कोल्ड चेन’ अनुगमनलाई कडाइका साथ लागू गरेको जनाएको छ । 

    आइसक्रिम तापक्रमप्रति संवेदनशील हुने भएकाले कोल्ड चेन टुट्दा ब्याक्टेरियाको जोखिम हुने प्राविधिक पक्षप्रति सचेत रहँदै कम्पनीले विक्रेता र वितरण साझेदारहरूलाई समेत भण्डारणमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।  

    dba05c82-ff31-47bc-afae-0f3d91eaf271_8pNAy519J6.jpg

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १३:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij